कांग्रेसद्वारा सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्य सामग्री वितरण
सिन्धुपाल्चोक, फागुन १ : नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको छ।सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नं. १ अन्तर्गत बाह्रबिसेमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय...सिन्धुपाल्चोक, फागुन १ : नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको छ।
सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नं. १ अन्तर्गत बाह्रबिसेमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले ‘पहिला जनता बचाऔं, राजनीति पछि गरौंला’ भन्ने नाराका साथ स्वास्थ्य सामग्री वितरण गरेका हुन्।
बाह्रबिसे नगरपालिका, लिसंखुपाखर गाउँपालिका, भोटेकोसी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका लगायतका पालिकाअन्तर्गत पर्ने सम्पूर्ण घरपरिवार, बस्ती, स्कुल, कलेज, राष्ट्रसेवक कर्मचारीलगायतमाझ पुग्नेगरी पारासिटामोल तथा मास्क हस्तान्तरण गरिएको बस्नेतले जानकारी दिए।
उहाले निःशुल्क वितरणका लागि ठूलो परिमाणमा पारासिटामोललगायत स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको जानकारी दिए। अहिले जनताको जीवन रक्षा गर्ने र समस्या बुझ्ने पार्टी कांग्रेस मात्रै भएको उनले बताए।
कार्यक्रममा माओवादी र एमालेबाट आएका कार्यकर्तालाई नेता बस्नेतले कांग्रेस प्रवेश गराएको थिए।












