Kathmandu Press

जुम्लामा ६९ हजारले लगाए कोरोनाविरुद्धको खोप

खलङ्गा, फागुन १ : जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप...
जुम्लामा ६९ हजारले लगाए कोरोनाविरुद्धको खोप

खलङ्गा, फागुन १ : जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले जानकारी दिए। 

कूल जनसङ्ख्याको ५६ प्रतिशत अर्थात् ४५ हजार ४८८ नागरिकले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुस्टर खोप दुई हजार ८८ जनाले मात्र लगाएका छन् । सबैभन्दा बढी चन्दननाथ नगरपालिका नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । 

Hardik ivf

नगरभित्रका २५ हजार ९९३ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कोभिडविरुद्धको पहिलो खोप १३ हजार ९७२, दोस्रो खोप ११ हजार ७९४ र बुस्टर खोप एक हजार २२७ जनाले लगाएको चन्दननाथ नगरपालिका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए। 

पातारासी गाउँपालिकामा पहिलो खोप नौ हजार ४६६, पूर्ण खोप सात हजार ३१५ र बुस्टर १७३ जनाले लगाएका छन् । त्यस्तै कनकासुन्दरीमा कोभिडविरुद्धको पहिलो खोप ६ हजार १०७ र पूर्ण खोप चार हजार ४३६ जनाले लगाएका छन् । 

सिञ्जामा पहिलो खोप पाँच हजार ३५४ र पूर्ण खोप चार हजार ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । गुठीचौर गाउँपालिकामा पहिलो खोप सात हजार ५२६, पूर्ण खोप चार हजार ६५७ र बुस्टर खोप ४०७ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

तातोपानी गाउँपालिकामा पहिलो खोप सात हजार ४४१ र पूर्ण खोप चार हजार ६१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने तिलामा पहिलो खोप पाँच हजार ९५४ र पूर्ण खोप तीन हजार ५९४ जनाले लगाएका छन् । 

हिमा गाउँपालिकामा पहिलो खोप ६ हजार १९७ र पूर्ण खोप चार हजार ६० जना र बुस्टर १७८ जनाले कोभिडविरुद्धको खोप लगाएको कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए। पहिलो चरणको खोप लगाउन यहाँका नागरिकले मानेका थिएनन् । परीक्षणका लागि खोप आएको भन्दै धेरैले खोप लगाउन नमानेका हुन् । पछिल्लो समयमा सरकारले सार्वजनिक सेवा प्रवाहमा अनिवार्य खोपकार्ड लागू गरेपछि कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कार्यालय प्रमुख सापकोटाले बताए।

हवाई सेवा लिन, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन र सार्वजनिक भेला, गोष्ठीमा सहभागी हुन अनिवार्य रूपमा खोपकार्ड बोक्नुपर्ने नियम सरकारले लागू गरेपछि खोप लगाउन नागरिकलाई आकर्षित गरेको स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखले बताए। 

प्रकाशित मिति: १४:४० बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्