Kathmandu Press

भेरी अस्पतालमा २३ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु 

राँझा, फागुन १ : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । खजुरा गाउँपालिका–२ निवासी २३ वर्षीय युवकको आज बिहान...
भेरी अस्पतालमा २३ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु 

राँझा, फागुन १ : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । 

खजुरा गाउँपालिका–२ निवासी २३ वर्षीय युवकको आज बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए।

Hardik ivf

उनका अनुसार कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पिसिआर गर्दा सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५१ पुगेको छ । 

शनिबार मात्रै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको थियो। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ८४ वर्षीय पुरुष र भेरीगङ्गा नगरपालिका–३ सुर्खेत निवासी ९० वर्षीय पुरुष थिए। 

प्रकाशित मिति: १४:३४ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्