Kathmandu Press

हराएको भनिएकाे कोरोना खोपबारे जानकारी माग्दै युवा संघकाे ज्ञापनपत्र

काठमाडाैं : फागुन १ : एमालेनिकट युवा संघ नेपालले हराएको भनिएको कोरोनाविरुद्धको खोपको यथार्थ जानकारी माग गर्दै स्वास्थ्य सेवा विभागमा ज्ञापन पत्र बुझाएको...
हराएको भनिएकाे कोरोना खोपबारे जानकारी माग्दै युवा संघकाे ज्ञापनपत्र

काठमाडाैं : फागुन १ : एमालेनिकट युवा संघ नेपालले हराएको भनिएको कोरोनाविरुद्धको खोपको यथार्थ जानकारी माग गर्दै स्वास्थ्य सेवा विभागमा ज्ञापन पत्र बुझाएको छ।

आज (आइतबार) विरोध प्रदर्शनका साथ टेकुस्थित बिभाग पुगेका युवा संघ नेपालका नेता कार्यकर्ताले खोपबारे जनतालाई जानकारी गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

२४ लाख खोप खोइ? अभियान अन्तर्गत स्वास्थ्य सेवा बिभागसंग जानकारी माग गरिएको संघका प्रवक्ता महाराज गुरुङले जानकारी दिए।

खोपको बितरण र खरिद प्रक्रियामा अनियमिमता भएको देखिएकोले संघले यस बिषयमा निरन्तरण आवाज उठाउने उहाले बताए। उहाले खोपमा भ्रष्टाचार गरेकालाई न्यायलयको कठाघरामा उभ्याउने जिकिर गरे।

युवा संघको ज्ञापनपत्र बुझ्दै स्वास्थ्य सेवा विभागका अधिकारीले कुनै पनि खोप नहराएको दावी गर्दै विभिन्न पालीकाहरुमा मौज्दात रहेको र यथार्य विवरण आउन बाँकी रहेको बताएका थिए। युवासंघले यसअघि खोप प्रक्रियामा अनियमितता भएको भन्दै स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको थियो। 

प्रकाशित मिति: १४:३१ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्