Kathmandu Press

चीनबाट निरन्तर सहयोगको प्रतिबद्धता

काठमाडौँ, माघ २० :  नेपालमा भौतिक संरचना निर्माण, पर्यटन, कृषि, ऊर्जा, भूकम्पपछिको पुर्ननिर्माणलगायत परियोजनामा चीन सरकारबाट निरन्तर सहयोगको प्रत....

चीनबाट निरन्तर सहयोगको प्रतिबद्धता

काठमाडौँ, माघ २० :  नेपालमा भौतिक संरचना निर्माण, पर्यटन, कृषि, ऊर्जा, भूकम्पपछिको पुर्ननिर्माणलगायत परियोजनामा चीन सरकारबाट निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ । 

नेपालका लागि चीनका राजदूत हउ यान्छीले अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा भेटेर त्यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनले नेपाल सरकारको आर्थिक विकास र समृद्धिको लक्ष्य साकार पार्न चीनले सघाउने प्रतिबद्धता व्यक्त गर्दै नेपालसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न चाहेको बताईन् । 

चिनियाँ राजदूतले आगामी चैत १५ र १६ गते नेपालमा हुने लगानी सम्मेलनमा धेरैभन्दा धेरै चीनका लगानीकर्तालाई सहभागी गराउन प्रयास हुने जानकारी पनि उक्त बैठकमा दिईकी थिईन । 
चिनियाँ राजदूतले आफ्नो देशको सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका आयोजनामा प्रयोग हुने सामग्रीमा कर छुटको व्यवस्था गर्न आग्रह गर्दै निर्धारित समयमा ती आयोजना पूरा गर्न नेपाल सरकारका मन्त्रालय र निकायबाट समन्वय र सहयोगको वातावरण बन्नेमा आफू ढुक्क रहेको पनि बताईन । 

मन्त्री खतिवडाले चीनसँग सीमा जोडिएका व्यापारिक नाका सञ्चालन भएमा नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने धारणा भेटमा राखेका थिए । 

उनले दुई देशबीचमा हुने अनौपचारिक व्यापारलाई औपचारिक रुपमा रुपान्तरण गर्न जोड दिएका थिए । नेपाल र चीनबीच भएका व्यापारिक सम्झौतालाई समयसापेक्ष परिमार्जन र सुधार गर्न आवश्यक भएको बताउँदै अर्थमन्त्रीले चिनियाँ बैंकका शाखा नेपालमा विस्तारका निम्ति प्रयास गर्न मन्त्री खतिवडाले अनुरोध गरेका थिए । 

प्रकाशित मिति: २०:१० बजे, आइतबार, माघ २०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्