Kathmandu Press

जाल्पा सामुदायिक लघुवित्तले आज ४ बजे आईपीओ बाँडफाँड गर्ने

काठमाडौं, फागुन १ : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँड हुने भएको छ। आइतबार ४ बजेसम्ममा आईपीओ बाँडफाँडको तयारीमा...
जाल्पा सामुदायिक लघुवित्तले आज ४ बजे आईपीओ बाँडफाँड गर्ने

काठमाडौं, फागुन १ : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँड हुने भएको छ। 

आइतबार ४ बजेसम्ममा आईपीओ बाँडफाँडको तयारीमा रहेको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार साँझ पाँच बजे (अन्तिम दिन) सम्ममा सर्वसाधारणबाट कुल २६ लाख ५९ हजार ५४० वटा आवेदन परेको थियो। 

Hardik ivf

उक्त संख्याबाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँको सेयर खरिदका लागि माग आवेदन परेको थियो। जुनसर्वसाधारणबाट माग भएको रकमको ६६.६५ गुणा बढी रहेको कम्पनीले जनाएको छ।

आईपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार जाल्पा लघुवित्तको आईपीओ ४८ हजार ७९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन्। बाँकी २६ लाख बढीको हात खाली हुनेछ।

यस्तै लघुवित्तले शुक्रबारदेखि कुल ५ लाख २२ हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको हो। जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई तथा सर्वसाधारणमा जारी हुने सेयरको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरीदका लागि लगानीकर्ताबाट आवेदन मागिएको थियो। कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणबाट ४ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर खरीदका लागि आह्वान गरेको थियो।
 

प्रकाशित मिति: १३:०५ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्