Kathmandu Press

एमसिसीविरुद्ध भ्रम फैलाउने काम भयो: प्रवक्ता डा. महत

चितवन, फागुन १ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताएका छन्।चितवनमा...
एमसिसीविरुद्ध भ्रम फैलाउने काम भयो: प्रवक्ता डा. महत

चितवन, फागुन १ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताएका छन्।

चितवनमा आयोजित जेसिजको २२औंं पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीबारे प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताए।

Hardik ivf

एमसीसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उनले नेपालले आफ्नै हिसाबले काम गर्न पाउने बताए। डा. महतले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने बताए।

फरक प्रसङ्गमा उनले कांग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको जनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गरे। उनले भने, 'विधि, कानून र संविधानको सर्वोच्चता मान्ने पार्टी कांग्रेस नै हो।'

 

प्रकाशित मिति: ०८:३७ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्