बागमतीबाट चार मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौं, फागुन १ : बागमती सफाइ महाअभियानको शनिबार ४५७औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।सफाइका...
काठमाडौं, फागुन १ : बागमती सफाइ महाअभियानको शनिबार ४५७औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
सफाइका अवसरमा बागमती नदी किनारमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो। सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेलगायत अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले जानकारी दिए।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, बागमती फोहर उन्मुलन उपभोक्ता समाज, स्थानीयवासी , अधिकार सम्पन्न बागमती समितिका कर्मचारीको पनि सफाइमा सहभागी थिए।
यसैगरी मनोहरा सफाइ अभियानको २५६औं हप्तामा बालकुमारी पुलमुनिको नदी किनार क्षेत्रमा सफाइ गरिएको छ। सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए।
२०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ अभियान जारी छ। हप्तामा एक दिन शनिबार बिहान दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी ागमती किनारमा सक्रिय हुने गरेका छन्। (रासस)












