प्रधानमन्त्री ओलीले भने–लोकतन्त्रमाथि खतरा उत्पन्न भए सरकार बघिनीको शैलीमा उत्रिन्छ
काठमाडौं, असोज १ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा उत्पन्न भए सरकार बघिनीको शैलीमा उत्रिने बताएका छन्।
बुधबार स....
काठमाडौं, असोज १ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा उत्पन्न भए सरकार बघिनीको शैलीमा उत्रिने बताएका छन्।
बुधबार सिंदरबारमा संघीय संसद भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा उत्पन्न हुँदा सरकारलाई सह्य नहुने बताएका हुन्। उनले जनताको बलिदानमा प्राप्त उपलब्धि खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध रहेको बताए।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आइ नपर्दासम्म सरकार चुप लागेर बस्ने बताए। ‘बघिनी आफ्ना डमरुमाथि खतरा आइनपर्दासम्म चुप लागेर बस्छे। तर, डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिनँ,’उनले भने,‘लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतत्रमाथि जबसम्म खतरा आइपर्दैन भन्ने कुरा हुँदैन तबसम्म सरकार त्यसैगरी बघिनी जस्तै शान्त भएर बस्छ।’
उनले सरकारले सोचेजस्तो काम गर्न नसकेको भन्ने आरोपलाई हृदयङ्गम गरी अघि बढ्ने बताए। ‘सरकारले तीव्र गतिमा काम गर्न सकेन भन्ने आलोचना छ। त्यसलाई सरकारले गम्भीर रूपमा लिएको छ र अझै गतिका साथ अघि बढ्न चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भने।
उनले अब देशमा हिंसाको कुनै अर्थ नरहेकाले कोही पनि हिंसाको बोटामा जान आवश्यक नरहेको बातए। प्रधानमन्त्री ओलीले कुनै पनि बहाना र नाममा समाजमा हिंसा भड्काउने र लुटपाट गर्ने खालका क्रियाकपाल सरकारलाई सैह्य नहुने बताए।






