Kathmandu Press

देशभर २३४ जना काेराेना संक्रमितकाे आईसीयू र भेन्टिलेटरमा उपचार

काठमाडाैं, माघ २९ : नेपालमा हाल २३४ जना कोरोना संक्रमितकाे आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।देशभरका विभिन्न अस्पतालहरूमा...
देशभर २३४ जना काेराेना संक्रमितकाे आईसीयू र भेन्टिलेटरमा उपचार

काठमाडाैं, माघ २९ : नेपालमा हाल २३४ जना कोरोना संक्रमितकाे आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

देशभरका विभिन्न अस्पतालहरूमा आज देशभर २०० जना कोरोना संक्रमितको आईसीयूमा र ३४ को भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको हाे।

Hardik ivf

मन्त्रालयले आइतबार जारी गरेको तथ्यांक अनुसार प्रदेश १ मा २१ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन्।

यसैगरी मधेश प्रदेशमा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १३६ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा उपचारत छन्।

गण्डकी प्रदेशमा ८ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै लुम्बिनी प्रदेशमा २१ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् भने कर्णाली प्रदेशमा १ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा ९ जना कोरोना संक्रमणका विरामीलाई आईसीयूमा र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वस्थ्य मन्त्रालयले जारी तथ्यांकमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: १८:५० बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्