Kathmandu Press

यदु पत्रकारिता पुरस्कार केसीलाई

काठमाडाैं, माघ २९ : यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार रूकुमका पत्रकार महेश केसीलाई प्रदान गर्ने निर्णय गरिएको छ। यदु स्मृति प्रतिष्ठान पुरस्कार...
यदु पत्रकारिता पुरस्कार केसीलाई

काठमाडाैं, माघ २९ : यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार रूकुमका पत्रकार महेश केसीलाई प्रदान गर्ने निर्णय गरिएको छ। यदु स्मृति प्रतिष्ठान पुरस्कार सिफारिस समितिको बैठकले रुकुमका पत्रकार केसीलाई पुरस्कार दिने निर्णय गरेको समितिका संयोजक सूर्य थापाले जानकारी दिए। समितिको सदस्यमा तीर्था गौतम र सदस्यसचिव रूद्र खड्का रहेका छन।

यदु स्मृति दिवसमा प्रदान गरिने सो पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ। २०५९ सालदेखि प्रतिष्ठानले हत्या, हिंसा र अराजकताविरुद्ध तथा शान्ति, सुशासन र अमनचयनको पक्षमा कलम चलाउने पत्रकारलाई सो पुरस्कार प्रदान गर्दैँ आइरहेको छ।

प्रकाशित मिति: १८:४१ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्