Kathmandu Press

हुम्लामा अवरुद्ध हवाई सेवा पुनः सुचारू

हुम्लामा अवरुद्ध हवाई सेवा पुनः सुचारू
Hardik ivf

सिमकोट, माघ २९ : हावाहुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा पुनः आजदेखि नियमित भएको छ। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरुद्ध हवाई सेवा नियमित भएको जनाएको छ। हावाहुरीले एक दिन उडान अवरुद्ध भएको थियो । 
      
हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो । समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन् । सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी भएको छ । 
     
हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एअरको जहाज फिर्ता भएको थियो । त्यस्तै तारा र समिट एअरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो। 

प्रकाशित मिति: १८:०५ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्