Kathmandu Press

पनौती मकर मेलाले दिनभर राजमार्ग जाम

भक्तपुर, माघ २९ : काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ। मेलाको आज अन्तिम दिन बिहानैदेखि...
पनौती मकर मेलाले दिनभर राजमार्ग जाम

भक्तपुर, माघ २९ : काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ। मेलाको आज अन्तिम दिन बिहानैदेखि मेला भर्न जानेहरूले प्रयोग गरेको सवारीसाधनको घुइँचो लागेपछि अरनिको राजमार्ग खण्डको भक्तपुरको सल्लाघारीबाट पनौतीसम्मको सार्वजनिक तथा निजी सवारी आवागमन अस्तव्यस्त बनेको हो।

महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक राम केसीले मकर मेला भर्न जाने र फर्कने रिजर्भ तथा निजी र सार्वजनिक सवारीसाधनको चाप अत्यधिक भएपछि बिहानैदेखि अरनिको राजमार्ग खण्डअन्तर्गत सल्लाघारी–साँगा सडकमा घण्टौँ सवारी जाम हुँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको जानकारी दिए।

Hardik ivf

अरनिको राजमार्गमा घण्टौँ जाम भएपछि यस राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको भक्तपुरको च्यामासिं, ताथली, नाला हुँदै बनेपा जाने सडकमा समेत सवारी चाप बढेको छ। यो मार्ग भएर आज बिहानैदेखि लामो रुटका सवारीसाधन, मेलामा जान रिजर्भ गरिएका र निजी सवारीसाधनको चाप बढेपछि यो मार्गमासमेत सवारी जाम भएको छ ।

मुख्य अरनिको राजमार्गमा भएको सवारी जामले अलपत्र यात्रु गन्तव्यमा पुग्न सास्ती भएको प्रहरीको भनाइ छ । साँझसम्मै सडक जाम हुने अवस्था आएपछि सडक जाम खुलाउन प्रहरीको टोली सल्लाघारीबाट काभ्रेको सिमाना साँगासम्म प्रहरी परिचालन गरिएको बताइएको छ। 

प्रकाशित मिति: १७:५७ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्