Kathmandu Press

स्थानीय निकाय निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा

सर्लाही, माघ २९ : जिल्लाका केही स्थानीय नियकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाजमा असर परेको छ । जिल्लाका २० स्थानीय निकायमध्ये अहिले...
स्थानीय निकाय निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा

सर्लाही, माघ २९ : जिल्लाका केही स्थानीय नियकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाजमा असर परेको छ । जिल्लाका २० स्थानीय निकायमध्ये अहिले विभिन्न स्थानीय निकाय प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् भने केही पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित छन् ।

हरिवन नगरपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल नगरपालिका छाडेर गएको करिब एक महिना हुनै लाग्दा पनि मन्त्रालयले नयाँ प्रशासकीय अधिकृत पठाएको छैन ।

Hardik ivf

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको कामकाजमा असर परेपछि नगर कार्यपालिकाको बैठकले नगरपालिकाको शिक्षा शाखामा कार्यरत उपसचिव नवराज निरौलालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको वडानं ११ का वडाध्यक्ष शेष मेहबुब रेजाले जानकारी दिए।

हरिपुर नगरपालिकामा पनि अहिले सामाजिक विकास शाखाका अधिकृत विनय पौडेलले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्। यता चक्रघट्टा, रामनगर र धनकौल गाउँपालिकालगायत पालिकामा पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा काम सञ्चालित भइरहेको छ।

अधिकांश स्थानीय निकायमा जनप्रतिनिधिसँगको खटपटपछि प्रमुख प्रशासकीय अधिकृत सरुवा गराएर जाने क्रम बढेको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार नहुने भएकाले स्थानीय निकायमा विकास निर्माणका काममा असर परेको छ । जनप्रतिनिधिले नियमविपरीत काम गर्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत धमाधम सरुवा भएर जाने र अर्को प्रमुख प्रशासकीय अधिकृत आउन नमान्दा यस्तो समस्या आइपरेको हो ।

करिब दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको बरहथवा नगरपालिकामा भने नयाँ प्रशासकीय अधिकृत यही सोमबार हाजिर भएका छन् । राजविराज नगरपालिका सप्तरीबाट उपसचिव मदनकुमार थापा सरुवा भएर आएको को वडा नं १ का वडाध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिए। 

प्रकाशित मिति: १५:०५ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्