Kathmandu Press

युएईले दियो नेपाललाई १९३ रनको विशाल लक्ष्य

काठमाडौं, माघ २९ : टि–२० विश्वकपको ग्लोबल छनोटका तयारीका आयोजना गरिएको चारदेशीय टि–२० सिरिजको दोस्रो नेपालले विशाल लक्ष्य पाएको छ । युएईविरुद्ध टस जितेर...
युएईले दियो नेपाललाई १९३ रनको विशाल लक्ष्य

काठमाडौं, माघ २९ : टि–२० विश्वकपको ग्लोबल छनोटका तयारीका आयोजना गरिएको चारदेशीय टि–२० सिरिजको दोस्रो नेपालले विशाल लक्ष्य पाएको छ । युएईविरुद्ध टस जितेर नेपाली टिमका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गर्दै युएईले नेपाललाई १९३ रनको विशाल लक्ष्य दिएको हो। 

ओमानस्थित अल अमेरात क्रिकेटमा मैदानमा जारी खेलमा युएईले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनायो। उसका लागि ओपनर चिराग सुरीले उत्कृष्ट ब्याटिङ गरे। नटआउट रहेका उनले ५३ बलमा समान ५ चोका र छक्का प्रहार गर्दै ८४ रन बनाए । 

यस्तै, रोहन मुस्तफाले ३५ बलमा ४९ रन बनाउँदा मोहम्द वासिमले २२ रन बनाए । यस्तै बासिल हमिदले १७ र मोहम्मद बोटाले १४ रन बनाए ।

नेपालका साहब आलम, सन्दीप लामिछाने र आरिफ सेखले समान १ विकेट लिए । विकेट लिए पनि साहब निकै महँगो सावित भए । उनले २ ओभरमा ३५ रन खचिए । यस्तै, कलमसिंह ऐरीले ४ ओभरमा ४५ रन खर्चिँदा विवेक यालवले १ ओभरमा २० रन खर्चिए ।

प्रशिक्षक पुबुदु दासानायकले युएईविरुद्ध तीन परिवर्तन गरेका छन् । उनले ओमानविरुद्ध रहेका प्रदीप ऐरी, सागर ढलका र अभिनाश बोहरालाई हटाउँदै लोकश बम, जितेन्द्र मुखिया र साहब आलमलाई मौका दिएका छन्।

यो खेलसँगै लोकश बमले राष्ट्रिय टिम र टि–२० अन्तर्राष्ट्रियमा एकसाथ डेब्यू गरेका छन् । यस्तै, भेट्रान फास्ट बलर जितेन्द्र मुखियाले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्।

प्रकाशित मिति: १३:१९ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्