Kathmandu Press

नेपाल भर्सेस युएई : लोकेशको डेब्यू, जितेन्द्रको पुनरामगन

काठमाडौं, माघ २९ : टि–२० विश्वकपको ग्लोबल छनोटका तयारीका आयोजना गरिएको चारदेशीय टि–२० सिरिजमा नेपालले केहीबेरपछि युएईसँग खेल्दैछ ।युएईविरुद्ध टस जितेर नेपाली टिमका कप्तान...
नेपाल भर्सेस युएई : लोकेशको डेब्यू, जितेन्द्रको पुनरामगन

काठमाडौं, माघ २९ : टि–२० विश्वकपको ग्लोबल छनोटका तयारीका आयोजना गरिएको चारदेशीय टि–२० सिरिजमा नेपालले केहीबेरपछि युएईसँग खेल्दैछ ।

युएईविरुद्ध टस जितेर नेपाली टिमका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोजेका छन्। खेल ओमानस्थित अल अमेरात क्रिकेटमा मैदानमा सुरु हुनेछ।

प्रशिक्षक पुबुदु दासानायकले ओमानविरुद्ध खेलेको टिममा तीन परिवर्तन गरेका छन् । उनले ओमानविरुद्ध रहेका प्रदीप ऐरी, सागर ढलका र अभिनाश बोहरालाई हटाउँदै लोकश बम, जितेन्द्र मुखिया र साहब आलमलाई मौका दिएका छन्।

यो खेलसँगै लोकश बमले राष्ट्रिय टिम र टि–२० अन्तर्राष्ट्रियमा एकसाथ डेब्यू गरेका छन् । प्रधानमन्त्री कप टि–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि लोकश टिममा परेका थिए । सम्भवतः उनले आसिफ सेखसँगै नेपाली इनिङ सुरुआत गर्ने छन्।

यस्तै, भेट्रान फास्ट बलर जितेन्द्र मुखियाले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्। सन् २०१४को टि–२० विश्वकप खेल्दा टिमका रहेका जितेन्द्र लामो समयपछि नेपाली टिमको जर्सीमा मैदानमा उत्रन लागेका हुन्।

सिरिजकै पहिलो खेलमा ओमानविरुद्ध सागर ढकाल र विवेक यादवले डेब्यू गरेका थिए। ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी भएको थियो।

नेपाली टिमः आसिफ सेख, लोकश बम, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषाकवर, आरिफ सेख, विवके यादव, सन्दीप लामिछाने, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र साहब आलम। 

प्रकाशित मिति: ११:४५ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्