Kathmandu Press

वायुसेवा निगमले ६ वटा चिनियाँ जहाज चलाउन नसक्ने

काठमाडौं, असोज १ : सरकारले गठन गरेको एक कार्यदलले नेपाल वायुसेवा निगमले चिनियाँ ६ वटा जहाज सञ्चालन गर्न नसक्ने निष्कर्ष निकालेको छ।

चिनियाँ ....

वायुसेवा निगमले ६ वटा चिनियाँ जहाज चलाउन नसक्ने

काठमाडौं, असोज १ : सरकारले गठन गरेको एक कार्यदलले नेपाल वायुसेवा निगमले चिनियाँ ६ वटा जहाज सञ्चालन गर्न नसक्ने निष्कर्ष निकालेको छ।

चिनियाँ जहाजबाट निगमले हालसम्म ९१ करोड रुपैयाँ घाटा व्यहोरेको उल्लेख गर्दै कार्यदलले चिनियाँ जहाजको व्यवस्थापन गर्न समेत सुझाव दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पदभार ग्रहण लगत्तै नेपाल वायुसेवा निगमको सुधारका लागि भन्दै गत साउन २२ गते सुझाव दिन पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेका थिए। कार्यदलले बुधबार सुझाव प्रतिवेदन सार्वजनिक गर्दै निगम सुधारका लागि १३ वटा सुझाव समेत दिएको छ।

कार्यदलले चिनियाँ ६ वटा निजी क्षेत्रलाई भाडा दिने वा बिक्रीको विकल्प नभएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। निगमसँग अनुदानमा प्राप्त दुई थान र सरल ऋणमा खरिद गरिएको चार वटा गरी ६ थान चिनियाँ जहाज रहेको छ। निगमले चिनियाँ जहाजबाट निगमले उड्दा र बस्दा दुवैमा घाटा व्यहोर्दै आएको छ।

कार्यदलले नेपाल वायुसेवा निगमललाई अब जहाज खरिद गर्दा निर्माता कम्पनीबाटै गर्न सुझाव समेत दिएको छ। प्रतिवेदन सार्वजनिक गर्दै कार्यदलका संयोजक तथा पूर्वसचिव सुशील घिमिरेले निगमको समस्याको मूल जरो भनेकै इन्जिनियरिङ, अपरेसन र कमर्सियल क्षेत्रमा सुधार भएकाले त्यसको सुधारमा लाग्न सुझाव दिएको बताए।

‘खरिदमा जहिले पनि समस्या आउने गरेको छ, अब निर्माता कम्पनीबाटै जहाज खरिद गराउनु,’ घिमिरेले भने। विगतमा पनि मन्त्रालयले ६ वटा अध्ययन निगमकै लागि गरेको उल्लेख गर्दै यसपकट सवै प्रतिवेदन अध्ययन गरेर सुझाव दिएको समेत घिमिरेले बताए।

निगम अहिले पाँच अर्ब नोक्सानी र ४० अर्ब ऋणमा रहेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ।  आन्तरिक उडानमा नौ वटा जहाज रहेको निगमले दिनमा १० वटा मात्रै उडान गर्ने गरेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ।

संस्थासँग एक अर्ब ८१ करोडका पार्टस प्रयोगबिहिन अवस्थामा रहेको पाइएको छ। त्यस्तै, एक अर्ब ६६ करोड सोल्टी होटलमा लगानी रहेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ।

कार्यदलले सुधारका लागि १३ वटा सुझाव दिएको समेत संयोजक घिमिरेले जानकारी दिए। चिनियाँ जहाजमा मात्रै निगमले ९१ करोड रुपैयाँ घाटा व्यहोरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

निगमको वित्तीय पुनर्संरचनाका गर्न पनि सुझाव दिइएको छ। व्यवस्थापन साझेदार अपहरीहार्य भएकोले राम्रो वित्तीय अवस्था भएको साझेदार ल्याउन ढिलाई नगर्न समेत सझुाव दिइएको छ।

निगमले चिनियाँ जहाज सञ्चालन गर्न नसक्ने निष्कर्ष समेत कार्यदलले निकालेको छ। तत्काल न्यारोवडी जहाज खरिद गर्न सुझाव दिएको छ। त्यस्तैगरी हेलिकप्टर  व्यवसाय पनि गर्न निगमलाई सुझाव दिइएको छ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारको कुनैपनि संस्था घाटामा जानू राम्रो नभएको बताउँदै सुधार गर्नकै लागि कार्यदल बनाएको बताए। ‘हामीले सुझावको बुँदाप्रति सकारात्मक छौ, कार्यान्वयन गर्छाै,’ मन्त्री भट्टराईले भने। अहिलेकै अवस्थामा यो संस्थालाई राख्न नसकिने बताउँदै मन्त्री भट्टराईले निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया सुरू गर्ने समेत बताए।

कार्यदलमा चार्टट एकाउन्टेन सुवोध कर्ण, जीतप्रसाद पौडेल, क्याप्टेन शुधिर शमशेर राई  सदस्य रहेका थिए। मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका थिए।

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, असोज १, २०७६