Kathmandu Press

रेनेसविरुद्ध पिएसजीको कठीन जित

काठमाडाैं, माघ २९ : फ्रेन्च लिग वानमा लिग लिडर पिएसजीले कठीन जित निकालेको छ। लिन वानअन्तर्गत शुक्रबार राति भएको खेलमा स्टार खेलाडीले भरिएको...
रेनेसविरुद्ध पिएसजीको कठीन जित

काठमाडाैं, माघ २९ : फ्रेन्च लिग वानमा लिग लिडर पिएसजीले कठीन जित निकालेको छ। लिन वानअन्तर्गत शुक्रबार राति भएको खेलमा स्टार खेलाडीले भरिएको पिएसजीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दैै रेनेसमाथि १–०को जित निकाल्यो।

बराबरीतर्फ उन्मूख खेलमा ७ मिनेट थप गरिएको इन्जुरी समयको तेस्रो मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई जित दिलाए। उनले लियोनल मेसीको पासमा गोल गरेका थिए।

लियोन मेसी, किलियन एम्बाप्पे, एन्जेल डिमारिया, माउरो इकार्डीलगायत स्टारलाई मैदान उतारे पनि पिएसजीले रेसको पोस्टमा उल्लेख्य आक्रमण गर्न सकेन ।

पिएसजीले ६४ प्रतिशत बल पोजेसन बनाउँदै १२ सट प्रहार गर्दा १ सटमात्र फ्रेममा थियो । यता, रेनेसले १३ सट प्रहार गरेकोमा १ सट फ्रेमा थियो।

जितसँगै पिएसजीले शीर्ष स्थामा मार्सेलीमाथि १६को फराकिलो अग्रता बनाएको छ। २४ खेलमा पिएसजीमो ५९ अंक छ भने २३ खेल खेलेको मार्सेलीको ४३ अंक छ।

प्रकाशित मिति: १०:३५ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्