इल्चेमाथि सेभियाको जित, रियलसँगको दुरी घटायो
काठमाडाैं, माघ २९ : स्पेनिस ला लिगामा सेभिया विजयी भएको छ। शुक्रबार राति भएको खेलमा सेभियाले इल्चेमाथि २–०को जित निकाल्यो ।यो जितसँगै सेभियाले...
काठमाडाैं, माघ २९ : स्पेनिस ला लिगामा सेभिया विजयी भएको छ। शुक्रबार राति भएको खेलमा सेभियाले इल्चेमाथि २–०को जित निकाल्यो ।
यो जितसँगै सेभियाले शीर्ष स्थानको रियल मड्रिडको दुरी ३ अंकमा झारेको छ । २३ खेल खेलेको सेभियाको ५० अंक छ रियलको ५३ अंक छ। यद्यपि रियलले १ खेल कम खेलेको छ।
सेभियालाई जित दिलाउन पापु गोमेज र राफा मिरले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सेभियाले ७०औं मिनेटमा अग्रता लियो । उसका पापु गोमेजले गोल गरेका थिए । त्यसको पाँच मिनेटपछि नै सेभियाले अग्रता दोब्बर बनायो। ७५औं मिनेटमा राफा मिरले एन्थोनी मार्सियलको पासमा गोल गरेका थिए ।
प्रकाशित मिति: १०:२१ बजे, शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











