Kathmandu Press

दाङमा जन्ती बोकेको जीप दुर्घटना, २२ जना घाइते

दाङ, माघ २९ : दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।भारतको उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही...
दाङमा जन्ती बोकेको जीप दुर्घटना, २२ जना घाइते

दाङ, माघ २९ : दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

भारतको उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप दुर्घटना भएको हो। गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दुर्घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना गम्भीर रहेका छन्। उनीहरुको लमहीमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति: ०८:२७ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्