Kathmandu Press

आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, माघ २९ : चारदेशीय टी-२० श्रृंखलाअन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको छ।ओमानको अल अमरेट क्रिकेट मैदानमा आज बिहान ११ः४५ बजे नेपाल...
आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, माघ २९ : चारदेशीय टी-२० श्रृंखलाअन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको छ।

ओमानको अल अमरेट क्रिकेट मैदानमा आज बिहान ११ः४५ बजे नेपाल र यूएईको खेल हुनेछ। नेपाली दोस्रो जितका लागि मैदानमा उत्रिनेछ।

Hardik ivf

शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७३ रन बनाएका थिए।

यूएईसँग भएका तीन खेलमा नेपालले दुई जितेको छ भने एक हारेको छ। नेपालले अर्को खेल सोमबार आयरल्यान्डसँग खेल्नेछ।

त्यसपछि आईसीसी पुरुष टी-२० विश्वकपको ग्लोबल छनोट खेल्नेछ। त्यसमा नेपालले क्यानाडा, फिलिपिन्स र ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

त्यसमा नेपालको पहिलो खेल १८ फेब्रुअरीमा ओमानसँग, १९ फेब्रुअरीमा फिलिपिन्ससँग र २१ फेब्रुअरीमा क्यानाडासँग खेल्नेछ।

यो प्रतियोगिताबाट शीर्ष दुई टोलीले अष्ट्रेलियामा १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुने टी-२० विश्वकप खेल्न पाउनेछन्।

प्रकाशित मिति: ०६:५४ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्