स्थानीय चुनावबारे आयोगले नियमित जानकारी दिने
काठमाडौं, माघ २९ : निर्वाचन आयोगले आइतबारदेखि स्थानीय तह निर्वाचनको तयारीबारे नियमित जानकारी दिने भएको छ।यसका लागि आयोले मिडिया सेन्टर स्थापना गरेको छ।...
काठमाडौं, माघ २९ : निर्वाचन आयोगले आइतबारदेखि स्थानीय तह निर्वाचनको तयारीबारे नियमित जानकारी दिने भएको छ।
यसका लागि आयोले मिडिया सेन्टर स्थापना गरेको छ। त्यसमार्फत हरेक अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर चुनावसम्बन्धी गतिविधिबारे दैनिक ब्रिफिङ गर्ने भएको हो।
आयोगका उपसचिव कमल ज्ञवालीले सूचना जारी गरी आइतबारदेखि हरेक दिन अपराह्न ४ बजे मिडिया सेन्टरमा प्रवक्ता तथा सहायक प्रवक्ताको उपस्थितिमा पत्रकार सम्मेलन हुने जनाएका छन्।
स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले तयारी शुरु गरिसकेको छ।
प्रकाशित मिति: ०६:३० बजे, शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












