नवजात शिशुको मृत्युदर ३३ बाट २१ मा झर्यो
काठमाडौं, असोज १ : नवजात शिशुको मृत्युदर ३३ बाट २१ मा झरेको छ। अहिले जीवित जन्मेका एक हजार नवजात शिशुमध्ये २१ जनाको मृत्यु हुने गरेको पाइएकाे छ।
....
काठमाडौं, असोज १ : नवजात शिशुको मृत्युदर ३३ बाट २१ मा झरेको छ। अहिले जीवित जन्मेका एक हजार नवजात शिशुमध्ये २१ जनाको मृत्यु हुने गरेको पाइएकाे छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, नेपालमा हरेक वर्ष प्रसबका बेला ६ हजार तथा जन्मेको पहिलो दिन ६ हजार पाँच सय नवजात शिशुको मृत्यु हुने गरेको छ। तिमध्ये दुई तिहाई गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा मृत्यु हुने गरेको पाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा हरेक वर्ष १२ लाख शिशुको प्रसबकै बेलामा मृत्यु हुने गरेको छ।
भरखरै गरिएको नयाँ अध्ययनअनुसार, नेपालमा जीवित जन्मेका एक हजार नवजात शिशुमध्ये २१ को मृत्यु हुने गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, सन २००६ र २०११ मा गरेको सर्वेक्षण अनुसार एक हजार बालबालिकामा ३३ जना नवजात शिशुको मृत्यु हुने गरेको थियो। यो संख्या घटेर अहिले २१ मा झरेको हो। यसलाई कम गर्न चुनौति देखिएको अध्ययनकर्ताले जनाएका छन्।
पहिले स्वास्थ्य सेवाको पहुँच नहुँदा महिलाले घरमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु हुने गरेको थियो। अहिले भने करिब ६० प्रतिशत महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेको सरकारी तथ्यांक छ। तर, पनि नवजात शिशुको मृत्युदरमा भने कमि आएको छैन।
नेपाल सरकारले सन २०३० सम्म नवजात शिशु मृत्युदर १२ मा झार्ने लक्ष्य लिएको छ। यसलाई ध्यानमा राखेर नेपाल पेरिनेटल गुण सुधार परियोजनाले कसरी प्रशबको समय र जन्मेको २४ घण्टामा मर्ने शिशुको सख्यामा कमि गर्न सकिन्छ भनेर अनुसन्धान गरेको छ।
परियोजनाले कोशी, लुम्बिनीलगायत १२ सरकारी अस्पतालमा अनुसन्धान गरेको हो। अनुसन्धानका क्रममा नवजात शिशुको मृत्यु मुख्य तीन कारणले हुने गरेको पाइएको जनाएको छ।
सबैभन्दा पहिले श्वासप्रश्वासको अभाव, कम तौलमा शिशु जन्मनु र इन्फेक्सनका कारण मृत्यु हुने गरेको पाइएको हो। त्यस्तै, गुणस्तरीय सेवाको कमिले नवजात शिशुको मृत्यु हुने गरेको पाइएको परियोजनाले जनाएको छ।
अस्पतालहरुमा कृत्रिम श्वासप्रश्वासमा आधारित गुणस्तर सुधार कार्यक्रम विस्तारबाट नवजात शिशुको मृत्युदरमा कमि ल्याउन सकिने अनुसन्धानमा संलग्न डा.अविनास कायस्थले बताए। उनका अनुसार स्वास्थ्य संस्थाले नेतृत्व लिई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरेमा तथा परिवर्तनका लागि साझा दृष्टिकोण बनाएमा शिशु मृत्युदरमा सुधार आउन सक्छ।
यस्तै हरेक प्रसुती कक्षमा नवजात शिशुका लागि कृत्रिम श्वासप्रश्वास स्थापना गर्न सके र गुणस्तर सुधार प्रक्रियामा मातृ तथा नवजात शिशु स्याहार कक्षहरु सञ्चालन गर्न सके मृत्युदर घटाउन सकिने डा.कायस्थले बताए।






