Kathmandu Press

जावलाखेलसँग रोकियो आर्मी

जावलाखेलसँग रोकियो आर्मी

काठमाडाैं, माघ २८ : उपाधि होडमा रहेको विभागी टिम त्रिभुवन आर्मी क्लब सहिद स्माकर ए डिभिजन लिगमा बराबरीमा रोकिएको छ। आजबाट सुरु भएको दशौं चरणको पहिलो खेलमा आर्मी जावलाखेल युथ क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

हारतर्फ उन्मूख आर्मीलाई राष्ट्रिय टिमका डिफेन्डर इन्जुरी समयको गोल गर्दै हारबाट जोगाए। सुमनले इन्जुरी समयको सातौं मिनेटमा जगजित श्रेठको पासमा गोल गरेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५३ औं मिनेटमा ओन्गुना जुनियरको गोलमा जावलाखेलले आर्मीविरुद्ध अग्रता लिएको थियो। उनले रुपबहादुर लामाको ब्याक पासमा आर्मीका तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए।

यो बराबरीसँगै आर्मी उपाधि होडबाट टाढिएको छ। उ १८ अंक जोड्दै तेस्रो स्थानमा छ। र, अब तीन खेलमात्र बाँकी रहँदा आर्मी एक खेल कम खलेको शीर्ष स्थानको मछिन्द्रभन्दा ५ अंकले पछि परेको छ। जावलाखेल भने ९ अंक जोड्दै ११औं स्थानमा छ।

प्रकाशित मिति: १९:५९ बजे, शुक्रबार, माघ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्