Kathmandu Press

गृहमन्त्री खाणसँग जनमत पार्टीका नेताको भेट

गृहमन्त्री खाणसँग जनमत पार्टीका नेताको भेट
Hardik ivf

काठमाडाैं, माघ २८ : गृहमन्त्री बालकृष्ण खाँणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेट गरेका छन। सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्रीसँग चौधरीले शान्ति पूर्णरूपमा आन्दोलनमा आफ्ना पार्टीका नेता कार्यकता गिरफ्तार भएको जनाउँदै उनीहरूले रिहाइका लागि माग गरे।

शान्तिपूर्ण आन्दोलनमा लगाइएको मुद्दा फिर्ता गर्न र गिरफ्तार गरिएका नेता कार्यकर्ताको रिहाका लागि जनमत पार्टीका नेताले माग गरेकाे गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए। सो अवसरमा गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा र मौलिक अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै घटनाको यथार्थ बुझ्ने विश्वास दिलाए।

प्रकाशित मिति: १९:५६ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्