Kathmandu Press

नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाबाट दुई दिनमै दावी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाबाट दुई दिनमै दावी भुक्तानी

काठमाडाैं, माघ २८ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोटेश्वर शाखाले दावी गरेको दुई दिनमै मृत्युदावीको रकम भुक्तानी गरेको छ।

कम्पनीले मृतकको इच्छाएको व्यक्तिलाई मृत्युदावीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।

विसं २०६९ माघ २८ गते दुई लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण यही पुस २७ गते मृत्यु भएको थियो।

कम्पनीका कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधर (ज्ञानु)ले माघ २८ गते एक कार्यक्रममार्फत बिमितको इच्छाएको व्यक्ति खिल नाथ फुयाललाई मृत्युदावीको चेक रकम हस्तान्तरण गरेका हुन।

कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक अनुज कुमार झा, सहायक प्रियङ्का कार्की र वरिष्ठ एजेन्सी म्यानेजर गोविन्द भट्टराईको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १९:०७ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्