Kathmandu Press

बालक अपहरणकाे आरोपमा तीन जना पक्राउ

काठमाडाैं माघ २८ : जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउबाट बालककाे अपहरण गर्ने तीन जनालाई प्रह्ररीले पक्राउ गरेकाे छ। अन्दाजी ७ महिनाको बालकको...
बालक अपहरणकाे आरोपमा तीन जना पक्राउ

काठमाडाैं माघ २८ : जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउबाट बालककाे अपहरण गर्ने तीन जनालाई प्रह्ररीले पक्राउ गरेकाे छ। अन्दाजी ७ महिनाको बालकको अपहरण गरेकाे आरोपमा प्रहरीले बिहीबार उनीहरूला पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका–१० डुमरीयाका ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वरका २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका–७ भ्रमपुराका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन्।

Hardik ivf

पोखरी छेउमा ६ वर्षीया दिदीले खेलाई रहेको अवस्थामा बालकलाई अन्दाजी ३५ वर्षीया महिलाले लिएर भागेकी थिइन्। उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरीले खोजी कार्य सुरु गरेको थियो।

प्रहरीले खोज्ने क्रममा जनकपुर उपमहानगरपालिका–१९ बेंगा शिवपुर पिपराढीस्थित हाँस तथा भैसी फारमको पछाडि खेतमा मनिषा देवी मुखियालाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। मुखियाको साथबाट ती बालकसहित २ जना बच्चा फेला परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा मनिषा देवीले बालककी दिदीलाई ५० रुपैयाँ दिई कुरकुरे किन्न पठाई बच्चा लिई भागेको खुल्न आएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति: १८:५४ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्