Kathmandu Press

‘काठमाडौं ट्रिनाले– २०७७’ को अनलाइन संस्कण सुरु

काठमाडौं, माघ २८ : ‘काठमाडौँ ट्रिनाले– २०७७’ को अनलाइन संस्कण शुक्रबार (आज)  एक भर्चुअल कार्यक्रम गरी सुरु गरेको छ। सिद्धार्थ आर्ट फाउन्डेसन र...
‘काठमाडौं ट्रिनाले– २०७७’ को अनलाइन संस्कण सुरु

काठमाडौं, माघ २८ : ‘काठमाडौँ ट्रिनाले– २०७७’ को अनलाइन संस्कण शुक्रबार (आज)  एक भर्चुअल कार्यक्रम गरी सुरु गरेको छ। सिद्धार्थ आर्ट फाउन्डेसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा कार्यक्रम सञ्चालन भएको हो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले स्वागत मन्तव्य राखेका थिए। ट्रिनालेले नेपाली कला तथा संस्कृति प्रवद्र्धन गर्नेमा आशावादी रहेको उनले बताए। उनले ट्रिनामार्फत नेपाली कलाले विश्वमान चित्रमा चिनाउने प्रयास सफल रहोस् भन्ने शुभकामना दिएका थिए।

Hardik ivf

कार्यक्रमको औपचारिक सुरुवात गर्दै सिद्धार्थ आर्ट फाउन्डेशनकी निर्देशक तथा काठमाडौं ट्रिनालेकी संस्थापक संगीता थापाले कोरोना महामारीका कारण निर्धारित मितिभन्दा दुई वर्षपछि भएको जानकारी दिइन्। इटालीयन शब्द ‘ट्रिनाले’, प्रत्येक तीन वर्षमा कार्यक्रम गर्दै आएको छ।

कोरोना भाइरसको तेस्रो लहरका कारण कार्यक्रम  अनलाइन संस्करणमा लन्च हुने थापाले बताइन्। संक्रमण दर घट्दै गएपछि आगामी मार्च १ बाट भौतिक रुपमा प्रदर्शनी गरिने उनले बताइन् । तारागाँउ म्युजियम, सिद्धार्थ आर्ट ग्यालरी, बहादुर बैठक, पाटन म्युजियम, नेपाल कला परिषद् भौतिक प्रस्तुतीका लागि पाँचवटा भेन्युको तोकिएको छ।

यस पटकको ट्रिनालेमा करिब ४० देशका ३०० वटा चित्रकला प्रदर्शनी हुनेछ। दुई नेपाली क्युरेटर हितमान गुरुङ र शिलासा राजभण्डारीका साथ अन्तर्राष्ट्रिय क्युरेटर कस्मिन कस्टिनाससमेत रहेका छन्।

ट्रिनाले नेपाली कला क्षेत्रमा महाकुम्भ मेलाको रुपमा परिचित छ।

 

प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्