Kathmandu Press

बाँके घटनाबारे सरकारकाे जवाफ: दाेषीलाई कारवाही हुन्छ, कसैलाई छाड्दैनाैं

काठमाडौं, असोज १ : बाँके घटनाका दोषीलाई कारवाही गर्ने सरकारले प्रतिबद्धता जनाएको छ। सरकारी प्रतिवद्धतापछि संसद्को अवरोध हटेको छ।

नेकपा स्थान....

बाँके घटनाबारे सरकारकाे जवाफ: दाेषीलाई कारवाही हुन्छ, कसैलाई छाड्दैनाैं

काठमाडौं, असोज १ : बाँके घटनाका दोषीलाई कारवाही गर्ने सरकारले प्रतिबद्धता जनाएको छ। सरकारी प्रतिवद्धतापछि संसद्को अवरोध हटेको छ।

नेकपा स्थानीय नेता तथा कार्यकर्ताले भदौ २६ गते बाँकेमा कांग्रेसको जागरणसभामा गएर जिल्ला सभापति किरण कोइरालासहित नेतामाथि हातपात गरेका थिए। सभापति कोइरालको हात भाँचिएको छ।

त्यो घटनामा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको थियो । आज प्रतिनिधिसभाको बैठकमा सरकारकोतर्फबाट जवाफ दिँदै कानुनमन्त्री भानुभक्त ढकालले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए।

घटनामा संलग्न व्यक्तिलाई कारवाहीका लागि दिएको निवेदन दर्ता भइसकेको जनाउदै मन्त्री ढकालले भने, ‘गल्ती नगरेका कोही फस्दैनन्, गल्ती गरेका कोही उम्किँदैनन्।’

मन्त्री ढकालले दोषीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने सरकारका तर्फबाट प्रतिवद्धता जनाएका थिए। आजको बैठक सुरू हुनासाथ कांग्रेस सांसदले विरोध जनाएका थिए। उनीहरू आफ्नो सीटमा उठेर विरोध जनाएका हुन्।

त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूलाई बोल्ने समय दिएका थिए। उनले दोषीलाई कारवाही गर्न माग गरेका थिए।

त्यसपछि सरकारको तर्फबाट कानुनमन्त्री ढकालले जवाफ दिएका हुन्। मन्त्री ढकालको जवाफपछि संसदको अवरोध हटेको छ।

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, असोज १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्