Kathmandu Press

निजी डेरीले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ ४५ पैसा बढायो

काठमाडौं, माघ २८ : निजी डेरीले दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ ४५ पैसाले मूल्य बढाएको छ। योसँगै अब डेरीको दूध प्रतिलिटर ५३ रुपैयाँ ४५...
निजी डेरीले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ ४५ पैसा बढायो

काठमाडौं, माघ २८ : निजी डेरीले दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ ४५ पैसाले मूल्य बढाएको छ। योसँगै अब डेरीको दूध प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट ६२ रुपैयाँ भएको छ।

आज (शुक्रबार) एक कार्यक्रम गर्दै मूल्यवृद्धिको जानकारी गराएको हो। यता उपभोक्ता मूल्यको हकमा भने दूधको प्रतिपाकेट मूल्य ४३ रुपैयाँ पुगेको छ। सरकारको स्वामित्वमा लेखेको दुग्ध विकास संस्थान (डिडिसी) ले प्रति लिटर ९ रुपैयाँ बढाएर दुधको मूल्य ६० रुपैयाँ बनाएको छ।

Hardik ivf

उपभोक्ताको हकमा भने प्रतिपाकेट ४२ रुपैयाँ ५० पैसामा खरिद गर्न सक्नेछन्। फागुन १ बाट लागु हुने गरी उक्त मूल्य बढाएको नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले काठमाडौैं प्रेसलाई जानकारी दिए।

गत कात्तिक १ बाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा राष्ट्रिय दुग्ध विकास बोर्डले प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गर्न सिफारिस गरेको थियो।
 

प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्