शिवसेना अध्यक्ष रिहा गर्न राप्रपाको माग
काठमाडौं, असोज १ : राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) ले शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई तत्काल रिहा गर्....

काठमाडौं, असोज १ : राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) ले शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई तत्काल रिहा गर्न माग गरेको छ।
बुधबार प्रेस विज्ञप्ति जारी गरी तत्काल रिहा नगर्ने आन्दोलनमा उत्रिने जनाएको छ। गत शुक्रबार इन्द्रजात्राको अवसरमा प्रदर्शन गर्दा बस्नेतलाई पक्राउ गरिएको थियो।
आजसम्म पनि हिरासतमुक्त नगरिएकोमा राप्रपाले आपत्ति जनाएको छ। यस घटनालाई गम्भीरतापूर्वक लिएको जनाउदै राप्रपाले हिरासतमा रहेका बस्नेतलगायतका विरोध प्रदर्शनकारीर्ला तत्काल रिहा गर्न सरकारसंग माग गरेको छ।
प्रकाशित मिति: १३:५८ बजे, बुधबार, असोज १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











