ओमानले दियो नेपाललाई १३६ रनको लक्ष्य
काठमाडाैं, माघ २८ : टी-२० विश्वकपको तयारीका लागि आयोजना गरिएको चारदेसीय टी–२० सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १३६ रनको मध्यम लक्ष्य दिएको छ। ओमनस्थित...
काठमाडाैं, माघ २८ : टी-२० विश्वकपको तयारीका लागि आयोजना गरिएको चारदेसीय टी–२० सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १३६ रनको मध्यम लक्ष्य दिएको छ।
ओमनस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाए। उसका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ४३ रन बनाए। नटआउट रहेका उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यस्तै, मोहम्मद नदिमले ३० बलमा ३१ रन बनाउँदा जतिन्दर सिंहले १३ र कश्यप प्रजापति, शोइब खान र आयान खानले समान ११ रनको योगदान दिए।
ओमानलाई मध्यम स्कोरमा रोक्ने क्रममा नेपालका अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने कमलसिंह ऐरी, सन्दीप लामिछाने र आरिफ सेखले समान १ विकेट लिए।
यही खेलमार्फत सन्दीप लामिछाने, विकेक यादव र सागर ढकालले डेब्यु गरे। सन्दीपले कप्तानका रुपमा राष्ट्रिय टिममा डेब्यु गर्दा विकेक र सागरले टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका हुन्।











