Kathmandu Press

स्थानीय निर्वाचमा पार्टीको चुनाव चिन्ह नदिने व्यवस्थाविरुद्ध संघर्ष गर्न २३ दलको मोर्चाबन्दी 

काठमाडौं, माघ २८ : राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न २३ वटा दलहरूले...
स्थानीय निर्वाचमा पार्टीको चुनाव चिन्ह नदिने व्यवस्थाविरुद्ध संघर्ष गर्न २३ दलको मोर्चाबन्दी 

काठमाडौं, माघ २८ : राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न २३ वटा दलहरूले सङ्घर्ष समिति गठन गरेका छन्।

आज विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पुरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था घोर अन्यायपूर्ण भएको ठहर गरेको छ।

Hardik ivf

उक्त बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा गरेका यस अघि भएका सामूहिक सङ्घर्ष तथा पहलकदमीहरूको समेत अपनत्व लिँदै ूचुनाव चिन्ह सङ्घर्ष समितिू गठन गरि तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ।

साथै राष्ट्रिय मान्यता प्राप्त नगरेका आजको बैठकमा अनुपस्थित अन्य दलहरूलाई पनि चुनाव चिन्ह सङ्घर्ष समितिमा सहभागी हुन आह्वान गरेको छ।

आमूल परिवर्तन मसिहा पार्टी, एकीकृत शक्ति नेपाल, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल, नेकपा (समाजवादी), नेपाल आमा पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी ९लोहियावादी०, नेपाल सुशासन पार्टी, नेपाली काँग्रेस ९वीपी०, नेपाली जनता दल, बहुजन समाज पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, समाजवादी पार्टी नेपाल,  सर्वदलीय सङ्घीय परिषद्, सामाजिक लोकतान्त्रिक पार्टीको बैठकले संघर्ष समिति गठन गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरद राज पाठकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्