भालुको पित्तसहित टोखाबाट एकजना पक्राउ
काठमाडौं, माघ २८ : काठमाडौंको टोखा नगरपालिका–९ आनन्द टोल नजिकबाट २ सय ४० ग्राम तौल भएको संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने एक...
काठमाडौं, माघ २८ : काठमाडौंको टोखा नगरपालिका–९ आनन्द टोल नजिकबाट २ सय ४० ग्राम तौल भएको संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने एक थान वस्तुसहित लमजुङ दोर्दी गाउँपालिका–८ खिन्चोक बस्ने ३५ वर्षीय मन बहादुर सिलुवाल क्षेत्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
टोखा नगरपालिका–९ क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












