अनलाइनबाट मोबाइल मगाई पैसा नदिई भाग्ने पक्राउ
काठमाडौं, माघ २८ : अनलाइन मोबाइल फोन मगाएर रिसिभ गरेपछि अर्कैको घर देखाई फरार भएका काठमाडौं महानगरपालिका–६ सरस्वती नगर बस्ने सोलुखुम्बु, खुम्बु पासाङ ल्हामु...
काठमाडौं, माघ २८ : अनलाइन मोबाइल फोन मगाएर रिसिभ गरेपछि अर्कैको घर देखाई फरार भएका काठमाडौं महानगरपालिका–६ सरस्वती नगर बस्ने सोलुखुम्बु, खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ घर भएका १९ वर्षीय उर्गेन टासी शेर्पालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-७ चावहिलबाट शेर्पाले अनलाईन मार्फत २ थान आइफोन किन्ने भनी बौद्ध स्तुपा आसपास मोबाइल रिसिभ गर्छु भनि मोबाइल मगाएको र मोबाइल रिसिभ गरेपछि छेउ छाउमा रहेको घर देखाई पैसा लिएर आउँछु भनी मोबाइल लिएर भागेको घटनामा संलग्न उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट नगद १४ हजार रुपैयाँ र ३ थाना मोबाइलसमेत प्रहरीले बरामद गरेको छ। उनीउपर चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












