Kathmandu Press

प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गर्ने पक्राउ

काठमाडौं, माघ २८ : आफूलाई प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई...
प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गर्ने पक्राउ

काठमाडौं, माघ २८ : आफूलाई प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका–६ कुशल ब्यांकेट अगाडि दुईजना व्यक्तिहरु चिया पसलमा चिया खाइरहेको अवस्थामा आफूलाई प्रहरी बताउने २ जना व्यक्तिहरुले धाक धम्की दिई निजहरुलाई लागूऔषध कारोबारी भएको भनी बौद्धस्थित एक होटलको कोठामा लगि नगद ६० हजार रुपैयाँ र २ थान मोबाइल लुटेर लगेका भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गरेको हो।

Hardik ivf

प्रहरीले सुजनको साथबाट नगद १० हजार रुपैयाँ, २ थान मोबाइल र सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको परिचयपत्र १ थानसमेत बरामद गरेको छ। 

उनीउपर चोरी तथा डाँका सम्बन्धी कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्