Kathmandu Press

नाबालकको सुनको मुन्द्रा लुट्ने र किन्ने पक्राउ

काठमाडौं, माघ २८ : मामा भनी तीन वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटपाट गरेको तथा लुटेको मुन्द्रा किनेको आरोपमा प्रहरीले दुईजनालाई प्रहरीले पक्राउ गरेको...
नाबालकको सुनको मुन्द्रा लुट्ने र किन्ने पक्राउ

काठमाडौं, माघ २८ : मामा भनी तीन वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटपाट गरेको तथा लुटेको मुन्द्रा किनेको आरोपमा प्रहरीले दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा उक्त मुन्द्रा लुट्ने काठमाडौं गोकर्णश्वर नगरपालिका–४ गोकर्ण घर भएका ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको सुन किन्ने काठमाडौं गोकर्णश्वर नगरपालिका–६ स्थित न्यू लक्की सुन चाँदी पसल सञ्चालन गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ घर भएका ३० वर्षीय राजकुमार बराइली रहेका छन् । 

Hardik ivf

काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका(६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई नाबालकले कानमा लगाएको अन्दाजी २÷२ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेको घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। 

उनीहरुउपर चोरी तथा डाँका सम्बन्धी कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्