मलेसिया जाने कामदारको बायोमेडिकल शुल्क रोजगारदाता कम्पनीले तिर्ने
काठमाडौं, असोज १ : मलेसिया सरकारले नेपाली कामदारहरुलाई बायोमेडिकल मार्फत लिर्दै आएको शुल्क निशुल्क बनाउदै रोजगारदाता कम्पनीलेनै ब्यहोर्ने प्रवन्ध मिला....
काठमाडौं, असोज १ : मलेसिया सरकारले नेपाली कामदारहरुलाई बायोमेडिकल मार्फत लिर्दै आएको शुल्क निशुल्क बनाउदै रोजगारदाता कम्पनीलेनै ब्यहोर्ने प्रवन्ध मिलाएको जनाएको छ।
मंगलबार नेपालस्थित मलेसियन दुतावासले विज्ञप्ति जारी गर्दै कामदारलाई आर्थिक भार नपर्नेगरी रोजगारदाता कम्पनीलेनै शुल्क ब्यहोर्नेगरी नेपाली कामदारलाई आर्थिक भार नपर्ने जनाएको छ।
विज्ञप्तिमा बायोमेडिकल परिक्षणको अधिकार यसअघि मान्यता पाएका ३६ वटा स्वास्थ्य संस्थाले मात्रै पाउने पनि उल्लेख गरेको छ । दूतावासले स्वास्थ्य परीक्षणको शुल्क ४ हजार ५ सय, बायोमेडिकल सेवा शुल्क २८ सय रुपैयाँ र नेपाल सरकारलाई बुझाउनुपर्ने भ्याट शुल्क ३ सय ६४ रुपैयाँ गरी कुल ७ हजार ६ सय ६४ रुपैयाँ तोकिएको र उक्त रकम रोजगारदाता कम्पनीले तिर्ने उल्लेख गरेको छ । ‘नेपाल सरकार र मलेसियन सरकारबीच भएको समझदारी अनुसार बायोमेडिकल बापत लाग्ने खर्च रोजगारदाता कम्पनीले तिर्नेछ’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बायोमेडिकल मार्फत कति शुल्क लिने भन्ने विषय मलेसिया र नेपाल सरकार बीचको संयुक्त प्राविधिक समूहले टुंगाएको हो। यो निर्णयसँगै अब मलेसिया जाने कामदारले यसअघि जस्तै ३६ वटा स्वास्थ्य संस्थाबाटै बायोमेडिकल गराउनु पर्नेछ।
दूतावासकाे विज्ञप्ति






