चितवनको राप्तीमा देखियो बर्डफ्लु
चितवन, माघ २८ : चितवनको राप्तीमा देखियो बर्डफ्लु सङ्क्रमण पुनः देखिएको छ। राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लु देखिएको हो ।प्रमुख जिल्ला...
चितवन, माघ २८ : चितवनको राप्तीमा देखियो बर्डफ्लु सङ्क्रमण पुनः देखिएको छ। राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लु देखिएको हो ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौं पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो।
उक्त फर्ममा दुई हजार कुखुरा छन्। उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उनले बताए। फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ। शंकास्पद फर्महरुको नमुना संकलन गरी परीक्षण गरिने उनले जानकारी दिए।
बर्डफ्लु रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लु नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाइ छ।











