प्रधानमन्त्रीले शिलान्यास गरे पाँच अर्ब पर्ने अत्याधुनिक संसद् भवन
काठमाडौं, असाेज १ : प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको पुतलीबगैँचामा नयाँ संघीय संसदभवनको शिलान्यास गरेका छन् ।
अत्य....
काठमाडौं, असाेज १ : प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको पुतलीबगैँचामा नयाँ संघीय संसदभवनको शिलान्यास गरेका छन् ।
अत्याधुनिक उक्त भवनको अनुमानित लागत पाँच अर्ब ३० करोड रुपैयाँ रहेको जनाइएको छ । १ सय ७३ रोपनी क्षेत्रमा फैलने उक्त भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछन्।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसहित सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई लगायत संघीय संसद्का सदस्यहरु उपस्थित थिए ।
प्रकाशित मिति: १२:१९ बजे, बुधबार, असोज १, २०७६
थप समाचार






