Kathmandu Press

अनन्तले इन्डियन सुपर लिग खेल्ने

काठमाडौं, माघ २८ : नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले भारतको इन्डियन सुपर लिग (आईएसएल) खेल्ने भएका छन्। आईएसएलको नयाँ सिजनका लागि अनन्तलाई स्पोर्टिङ...
अनन्तले इन्डियन सुपर लिग खेल्ने

काठमाडौं, माघ २८ : नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले भारतको इन्डियन सुपर लिग (आईएसएल) खेल्ने भएका छन्। 

आईएसएलको नयाँ सिजनका लागि अनन्तलाई स्पोर्टिङ क्लब इस्ट बंगालले अनुबन्धन गरेको छ । आईएसएलका लागि अनन्तले यो सिजनको अन्त्यसम्मका लागि सम्झैता गरेका छन् । 

योसँगै अनन्त आइएसएल खेल्ने पहिलो खेलाडी बनेका छन्। यसअघि अनिल गुरुङ, किरण चेम्जोङ, अभिषेक रिजाल, प्रकाश बुढाथोकी, राजेश परियारलगायत भारतको आईलिग भने खेलेका थिए।

आईएसएल अन्त्यतिर आइपुग्दा इस्ट बंगालले अनन्तलाई अनुबन्धन गरेको हो । उनले अब लिगका ४ खेल खेल्ने छन्। आईएसएल खेल्नका थ्री स्टार क्लबले अनन्तलाई फुकुवा गरिसकेका छन्।

आईएसएलमा इस्ट बंगाल पुछारबाट दोस्रो स्थानमा छ। ११ टिम सहभगाी लिगमा उसले १६ खेलमा १ जित, ७ बराबरी र ८ हारको सामाना गर्दै १० अंक जोड्दै १०औं स्थानमा छ। लिगमा १५ खेल खेलेको हैदरावाद २६ अंकसहित शीर्ष स्थानमा छ।

प्रकाशित मिति: ११:१८ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्