Kathmandu Press

नेपाल–कोरियामैत्री अस्पताललाई अमेरिकी दूतावासको सहयोग

भादगाउँ, माघ २८ : नेपालका लागि अमेरिकी राजदूतावासले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दूतावासले बिहीबार अस्पताललाई २० थान अक्सिजन...
नेपाल–कोरियामैत्री अस्पताललाई अमेरिकी दूतावासको सहयोग
Hardik ivf

भादगाउँ, माघ २८ : नेपालका लागि अमेरिकी राजदूतावासले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

दूतावासले बिहीबार अस्पताललाई २० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान बाइपाइप र १० थान सिपाइप प्रदान गरेको हो ।

दूतावासले ती सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई हस्तान्तरण गरेको थियो । अस्पताल हातामा आयोजित कार्यक्रममा दूतावासले सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। 

प्रकाशित मिति: १०:५५ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्