Kathmandu Press

नेपाल एयरलाइन्समा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

काठमाडौं, असोज १ : सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

बुधबारदेखि लागू हुने गरी ७० वर्....

नेपाल एयरलाइन्समा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट
फाइल फोटो

काठमाडौं, असोज १ : सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

बुधबारदेखि लागू हुने गरी ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको एयरलाइन्सले जनाएको छ। यो छुट आन्तरिक उडानमा मात्रै लागू हुनेछ। अन्तर्राष्ट्रिय उडानमा भने ज्येष्ठनागरिकलाई छुट दिइने छैन। छुटका लागि ज्येष्ठ नागरिकले ७० वर्ष पूरा भएको प्रमाण पेश गर्नु पर्नेछ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ज्येष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेका थिए।

तर, निजी स्वामित्वका कम्पनीले भने त्यसलाई स्वीकार गरेका छैनन्। उनीहरुले हवाइ भाडामा छुट दिन नसकिने बताउँदै आएका छन्।

प्रकाशित मिति: १२:१८ बजे, बुधबार, असोज १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्