Kathmandu Press

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने 

काठमाडौं, माघ २८ : नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ...
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने 

काठमाडौं, माघ २८ : नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । 

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बिहीबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । 

बिहीबार बसेको कार्यसम्पादन समिति बैठकमा बैठकमा नेताहरुले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ-आफ्ना धारणा राखेको कांग्रेसले जनाएको छ । 

बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा प्रवेश भएका बहुमतले पास हुने दाबी समेत गरेका थिए । 

प्रकाशित मिति: ०७:४२ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्