ए डिभिजन लिग अन्तर्गत आजदेखि दशौं चरणका खेल
काठमाडौं, माघ २८ : सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणका खेल आजदेखि हुँदैछ। यस चरणको पहिलो खेलमा रेलिगेशन जोनमा रहेको फ्रेन्ड्स क्लबले...
काठमाडौं, माघ २८ : सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणका खेल आजदेखि हुँदैछ। यस चरणको पहिलो खेलमा रेलिगेशन जोनमा रहेको फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबसँग शुक्रवार दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछ ।
दुवै टोली रेलिगेशनबाट जोगिन स्पष्ट तीन अंकको खोजीमा हुनेछन्। खेलअघि बिहीवार भएको पत्रकार सम्मेलनमा दुवै टोलीले जितका लागि खेल्ने बताएका छन्।
शुक्रवार नै हुने अर्को खेलमा त्रिभुवन आर्मी र जावलाखेल क्लबबीच प्रतिष्पर्धा हुनेछ। खेल अपराह्न पौने ५ बजे हुनेछ।
मनाङ मर्स्याङदी क्लबभन्दा दुई अंकले पछि रहेको आर्मी पनि शीर्ष तीनभित्र अटाउने रणनीतिका साथ मैदान उत्रँदैछ। लिगमा नवौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र २३ अंकका साथ तालिकाको पहिलो स्थानमा रहँदा १९ अंक जोडेर मनाङ दोस्रो स्थानमा छ।
प्रकाशित मिति: ०७:१३ बजे, शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











