Kathmandu Press

मदिराको लतमा हतियार प्रहार, सहकर्मी पक्राउ

काठमाडाैं, माघ २७ : काठमाडौँ महानगरपालिका–१५ ठाडो भर्‍याङस्थित ग्रिल कारखानाका मजदुरलाई मदिराको लतमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले एक...
मदिराको लतमा हतियार प्रहार, सहकर्मी पक्राउ
Hardik ivf

काठमाडाैं, माघ २७ : काठमाडौँ महानगरपालिका–१५ ठाडो भर्‍याङस्थित ग्रिल कारखानाका मजदुरलाई मदिराको लतमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

यसरी फेला पर्नेमा सोही कारखानामा काम गर्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ घर बताउने ४८ वर्षीय मिलन खत्री रहेका छन्। उनीमाथि नुवाकोटको विदुर नगरपालिका–१ घर भएका २२ वर्षीय विकास आचार्यलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग रहेको महानगरीय प्रहरी कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ।
 
खोजतलासका क्रममा गए राति पक्राउ परेका उनले मदिरा सेवन गरी आपसी विवाद हुँदा आचार्यमाथि चक्कु र बञ्चरोले गर्धन र टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेलाई मनमोहन मेमोरियल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ। उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रकाशित मिति: २०:४५ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्