Kathmandu Press

पहिराेले पसल पुरियो, पाँच वर्षीय बालक वेपत्ता

काभ्रे, असोज १ : आज बिहान गएको पहिरोले काभ्रेपलाञ्चोकमा पसल पुरिएको छ। पसलमा रहेका एक बालक वेपत्ता भएका छन्।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपाल....

पहिराेले पसल पुरियो, पाँच वर्षीय बालक वेपत्ता
रासस

काभ्रे, असोज १ : आज बिहान गएको पहिरोले काभ्रेपलाञ्चोकमा पसल पुरिएको छ। पसलमा रहेका एक बालक वेपत्ता भएका छन्।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा पसल परिएको हो। पसल पुरिँदा तेजबहादुर तामाङका पाँच वर्षीय छोरा पसलभित्रै रहेका छन्।

इक्जाभेटरले पहिरो पन्छाउन थालिएको छ। सुरक्षाकर्मी र स्थानीय वासिन्दा उद्धारमा जुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, अविरल वर्षाका कारण भोजपुरका विभन्न भागमा पहिरो जाँदा घर भत्किएका छन्। आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ। तिलकबहादुर कार्कीको दुईतले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घर भत्किँदा मानवीय क्षति नभए पनि एक बोका मरेको प्रहरीको भनाइ छ। क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:५३ बजे, बुधबार, असोज १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्