Kathmandu Press

प्रतिस्पर्धा नचाहने प्रवृत्तिले कसरी क्षमता विकास हुन्छ : अध्यक्ष तिमिल्सिना

धुलिखेल, माघ २७ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा हाम्रा अभ्यासलाई लोकतान्त्रिक माध्यमबाट निखार ल्याउँदै सकारात्मक दिशातर्फ लैजानुपर्ने आवश्यकता औँल्याएका छन।सभामुख र उपसभामुखको...
प्रतिस्पर्धा नचाहने प्रवृत्तिले कसरी क्षमता विकास हुन्छ : अध्यक्ष तिमिल्सिना

धुलिखेल, माघ २७ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा हाम्रा अभ्यासलाई लोकतान्त्रिक माध्यमबाट निखार ल्याउँदै सकारात्मक दिशातर्फ लैजानुपर्ने आवश्यकता औँल्याएका छन।

सभामुख र उपसभामुखको जिम्मेवारी र कुर्सीलाई निष्पक्ष तुल्याउन राजनीतिक दलको सदस्यबाट अलग हुने मान्यता स्थापित गरिएको बताउँदै उनले निष्पक्ष भएर काम गरेको महसुस गर्ने स्थिति भएमा हालका लागि पर्याप्त हुने धारणा व्यक्त गरे।।

राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच आज यहाँ आयोजित अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले हालसम्मका अनुभवले सभा सञ्चालन गर्ने सन्दर्भमा आगामी दिनमा ऐनमा व्यवस्था गर्नसके सहज हुने बताए।

Hardik ivf

उनले भने, 'राष्ट्रियसभाको बैठक सुरुआत गर्न उपाध्यक्षलाई आग्रह गरेकामा अरु सदस्यबाट अनेकौँ प्रश्न खडा गरेर आनाकानी भयो, तर उपाध्यक्षबाट बैठक अन्त्य गर्ने अभ्यास भने स्थापित भइसकेको छ।' आरक्षण र समानुपातिक निर्वाचन प्रणालीबाट टिकट लिन तँछाडमछाड भए पनि प्रतिस्पर्धामा आउन नचाहने प्रवृत्तिले क्षमता कसरी विकास हुन्छ भनी प्रश्न गर्दै अध्यक्ष तिमिल्सिनाले भेग, जात, समुदाय र लैङ्गिक हिसाबले अब कुनै विभेद छैन, सबै सक्षम छौँ भन्नेतर्फ प्रयास र प्रयत्न आवश्यक रहेको बताए।

निष्ठाको राजनीति गर्नेले पदका लागि दल छाड्ने र फेर्ने गर्नै नहुने बताउँदै उनले सबै स्थानीय तह र प्रदेशको असली प्रतिनिधि राष्ट्रियसभाका सदस्य भएकाले सङ्घ र प्रदेशलाई बलियो तुल्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि प्रदेश उपसभामुखले आगामी दिनमा माथिल्लो तहको जिम्मेवारी प्राप्त भएमा कुशलतापूर्वक सम्पादन गर्न सक्षम रहेको दाबी गर्दै हालसम्मका अभ्यासले आत्मबल बढेको प्रतिक्रिया दिए।

प्रदेश सभामुख र उपसभामुख राजनीतिक दलको साधारण सदस्यबाट अलग हुने भनिए पनि मुख्यमन्त्रीको निर्वाचनमा मतदानमा सहभागी भएको घटना सुनाउँदै उनीहरुले मतदानमा सहभागी भएपछि खिन्नता महसुस भएको उल्लेख गरे।

सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडालले भनिन्, 'हामी उपसभामुखको जिम्मेवारी छौँ, तर सदन सञ्चालन गर्न र  बोल्न पाइन्नँ। उपसभामुख हुँदा पिँजडाको पक्षीजस्तो महसुस भएको छ, पद पाइयो, स्वतन्त्रता पाइएन।'

कानूनमा अधिकार दिए पनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्दै उgले हामीलाई सदन चलाउन दिएको भए सभामुखको पद जान्थ्यो र? भनी प्रश्न गरिन।

प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्