Kathmandu Press

आज पनि दिनभर पानी पर्ने, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं, असोज १ : आज पनि मौसम सुध्रिने देखिएको छैन। देशका विभिन्न स्थानमा दिनभर पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौस....

आज पनि दिनभर पानी पर्ने, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं, असोज १ : आज पनि मौसम सुध्रिने देखिएको छैन। देशका विभिन्न स्थानमा दिनभर पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, प्रायः देशभर नै आज पनि पानी पर्नेछ। केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको बुलेटिनमा आगामी दिन पनि मौसम सुध्रिने देखिएको छैन। सनसुन सक्रिय रहेकाले वर्षा हुने जनाएको छ।

अहिलेकाे देशरभकाे माैसमकाे अवस्था।

पश्चिम तथा मध्य भूभागका धेरै स्थानमा र बाँकी भूभागहका केही स्थानमा मेघ गर्जन तथा चट्यांगसहित वर्षा हुनेछ। देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि वर्षा हुनेछ। मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन तथा चट्यांगसहित मध्यम वर्षा हुनेछ।  पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

बिहीबार पनि देशभर वर्षाको सम्भावना रहेको छ। मध्य र पश्चिमका  केही स्थानहरुमा  र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्यांगसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

यसैगरि, शुक्रबार पनि मौसममा सुधार आउने देखिएको छैन। देशभर आंशिक र मेघ गर्जनसहित पानी पर्नेछ।

 

प्रकाशित मिति: १०:५२ बजे, बुधबार, असोज १, २०७६