Kathmandu Press

खेलाडी संघले एनएनआइपिए स्पोर्टस अवार्ड फागुन १७ गते गर्ने

काठमाडाैं, माघ २७ : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १६औं संस्करणको एनएनआईपीए स्पोर्टस अवार्ड फागुन १७ गते आयोजना गर्ने भएको छ।बिहीबार काठमाडौंमा...
खेलाडी संघले एनएनआइपिए स्पोर्टस अवार्ड फागुन १७ गते गर्ने

काठमाडाैं, माघ २७ : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १६औं संस्करणको एनएनआईपीए स्पोर्टस अवार्ड फागुन १७ गते आयोजना गर्ने भएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अवार्ड ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा रहेको बज्र बाराही मन्दिर परिसरमा आयोजना हुने जानकारी गराएको हो।

अवार्ड २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान गरिनेछ। उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी स्वरुप सम्मानपत्र तथा नगर १ लाखले सम्मान गर्ने आयोजकले जनाएको छ।

त्यसैगरी एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदीयमान खेलाडी सम्मान प्रदान गरिनेछ। यस विधाका विजेताले जनही ५० हजार प्राप्त गर्नेछन्।

एक खेलपत्रकारलाई एनएनआईपीए खेल पत्रकारीता पुरस्कार प्रदान गरिने समेत आयोजकले जानकारी गराएको छ। पत्रकारीता पुरस्कार प्राप्त गर्नेले २५ हजार प्राप्त गर्नेछन्। एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ।

सो सम्मान प्राप्त गर्नेले १० हजार प्राप्त गर्ने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। उनले अवार्ड विभिन्न सहरका विभिन्न ठाउँमा आयोजना गर्ने तयारीका साथ यो बर्ष गोदावरी नगरपालिकामा गर्न लागिएको बताए।

पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरपालिकामा अवार्ड आयोजना हुँदा खेलाडीमा ऊर्जा आउने बताए।  

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्